काठमाडौं, बैशाख २३ । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो। नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्। भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्चजका ३ जना पुरुष, एक बालिका र ३ महिलामा कोरोना संक्रमण फेला परेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ। नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।
नेपालमा थप ७ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ८२ पुग्यो
- May 5, 2020
Related Post
top, कोरोना बिशेष, समाचार, स्वास्थ्य-जीवनशैली
कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर
January 23, 2022