काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको गलवान क्षेत्रमा झडप हुँदा तीन भारतीय सैनिकको मृ’त्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको थियो ।
बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई जवानको मृ’त्यु भएको पुष्टि गरेको छ ।
भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएका छन् । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए