चर्चित पप गायक तथा संगीतकार अबिशेक तामाङको ‘माया बस्यो’ अबिशेक तामाङ अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक अबिशेक तामाङको संगीत र आवाज रहेको गीतमा साङ्गे ब्लोन तामाङको शब्द, चाँद सिले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ रहेको छ ।

निर्देशन/कोरीयोग्राफ प्रतीक ङेसुरको रहेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन/कलर, क्याप्टेन बज्र ङेसुरले ड्रोन/सम्पादन गरेका हुन ।
भिडियोमा लाक्पा लामा र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । गायक तामाङको हाँस्दैमा मैच्याङ सुटुक्क,नता सम्सि धोला माया, तेमाल ग्याम्से गीतहरुले दर्शक तथा स्रोताको मन जितेका छन । <iframe width=”363″ height=”204″ src=”https://www.youtube.com/embed/U9TQYRMf2zI” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here