नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । १०७ औं वी.पी जयन्तीको अवसर पारेर बुधबार नेपाल तरुण दल केन्द्रिय समितिले छुट्टाछुट्टै कार्यक्रमका बीच उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो । तरुण दल केन्द्रिय समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड हस्तान्तरण गरेको हो । यस्तै त्यस लगतै वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

तरुण दल अध्यक्ष बस्नेतले जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सबैले सम्मान गर्नुपर्ने बताएका छन् । यस्तै उनले आगामी दिनमा समेत स्वास्थ्यकर्मीलाई तरुण दलले सक्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । यस्तै यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याईदिनुहुने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here