स्वास्थ्य-जीवनशैली

तिम्रो छेउ बस्दा “बोलको गीतले चर्चा बटुल्दै

0

काठमाडौं । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् । गायक सुरेन्द्र राईको “एकान्त मा” एल्बममा समावेस गीत “तिम्रो छेउ बस्दा“आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् । मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो :

प्रतिभाशाली गायक कमल किरणको‘डढेलो’

Previous article

लोकप्रिय गायक जगत घिसिङको “ब्योन द‍ोर्जे ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *