काठमाडौँ, १३ चैत । चैत १२ गते परेको नायिका एलिजा गौतमको जन्मदिन धुमधामले मनाइएको छ । नायिका आँचल शर्माको जोडी, दुर्गेश थापा, नरेश भट्राई लगायतका चर्चित कलाकारहरुको उपस्थितीमा एलिजाको जन्मदिन मनाईएको थियो ।
जन्मदिनको अवसरमा पत्रकार तथा एलिजाका पति ऋषि धमलाले सुनको लकेट सप्र्राइज रुपमा एलिजालाई गिफ्ट गरेका थिए ।
एलिजा गौतम चर्चित पत्रकार ऋषि धमलाकी श्रीमति हुन् । उनी १ छोरा र १ छोरीकी आमा समेत हुन।
नेपाली फिल्म ‘अनुराग’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी उनिले अहिले सम्म दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन। चलचित्र अनुरागमा कमालको अभिनय गरेसँगै उनले कैयौँ भिडियोहरुमा समेत अभिनय गरेर थप चर्चा कमाएकी छिन् ।
पत्रकार ऋषी धमलाकी पत्नि एलिजा २ सन्तानकी आमा भएता पनि उनले आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्दै अभिनय यात्रालाई पनि कुशलता पूर्वक निभाएकी छिन् ।फिल्म ‘अनुराग’बाट फिल्मी यात्रा सुरु गरेकी दर्शक र आफ्नो श्रीमानको समर्थनले पनि उनि अगाडी बढिरहेकी छिन भने बेलाबेलामा विभिन्न सामाजिक कार्यमा अग्रसर हुने गर्छिन।