राष्ट्रियसमाचारसूचना प्रविधि

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

0

काठमाडौँ, असार २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ । नेपालको संविधानबमोजिम राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा उल्लेख छ । राष्ट्रियसभाको चालु आठाँै अधिवेशन यही असार १७ गते आह्वान भएको थियो ।

अधिवेशनका क्रममा बसेको छ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक स्थिति, बाढीपहिरो र कोभिड–१९ लगायत जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । (रासस)

कोरियामा नेपाली मजदुरको तलब न्यूनतम रु. दुई लाख

Previous article

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार छैा : प्रधानमन्त्री केपी शर्मा ओली

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *