topसमाचार

‘बाँदर धपाउन कुकुर लिएर आउनु ’

0

सिन्धुपाल्चोक, ५ साउन :  बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाआँै बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।(रासस)

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

Previous article

बाघ र गैँडाको आक्रमणबाट १४ जनाको मृत्यु

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top