topसमाचार

दुर्घटनामा सहचालकको मृत्यु

0

किमाथाङ्का, २५ भदौ: सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए ।

सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

‘तीज परम्परागत नबनोस्, विकृति हटाओस्’

Previous article

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने गोविन्द र सन्तोषलाई समात्यो प्रहरीले

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top