topसमाचार

पत्रकार हुँ भन्दै अवैधरूपमा रकम असुली गर्ने गोविन्द र सन्तोषलाई समात्यो प्रहरीले

0

 

 २५ भदौ । कञ्चनपुर-महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो ।

दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए ।

दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ । (रासस)

दुर्घटनामा सहचालकको मृत्यु

Previous article

यिनै हुन् लोक बहादुर जस्ले ६ जनाको ज्या’न लिएका थिए

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top