topप्राकृतिक प्रकोप

पहिराले घर पुरिँदा तीनको मृत्यु

0

तम्घास, ६ असोज: गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् ।

शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।(रासस)

न्यायमा सबैको पहुँच आवश्यकः न्यायाधीश कार्की

Previous article

डा खड्का परराष्ट्रमन्त्री नियुक्त

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top