topराजनीतीराष्ट्रिय

डा खड्का परराष्ट्रमन्त्री नियुक्त

0

काठमाडौँ, ६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले राससलाई बताउनुभयो ।(रासस)

पहिराले घर पुरिँदा तीनको मृत्यु

Previous article

उद्योग सङ्गठन मोरङद्वारा औद्योगिक सर्वेक्षण

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in top