चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव

चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव

इस्लामावाद — अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाव दिएको छ ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनाका लागि सात अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न पनि मुद्रा कोषले सुझाव दिएको हो ।

 बाह्य ऋणबाट पाकिस्तानको अर्थतन्त्रलाई दिगोरूपमा सञ्चालन गर्न नहुने भन्दै कोषले इस्लामावादलाई संरचनागत सुधार गर्न तथा चिनियाँ सहयोग र ऊर्जा सम्झौताबारे पुनः वार्ता गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले आफ्नो देशमा चिनियाँद्वारा सञ्चालित स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई तीन खर्ब ५० अर्ब बिजुली बक्यौता बुझाउन बाँकी छ ।

चीनले सीपीईसीअन्तर्गत परियोजना सम्झौताका शर्तहरू परिमार्जन गर्न अस्वीकार गरेका विवरणहरू सार्वजनिक भएपछि मुद्रा कोषले थप ऋण नलिन पाकिस्तानलाई सुझाव दिएको हो ।

पाकिस्तानको अर्थतन्त्र विगतदेखि नै शिथिल हुनुका साथै व्यापार असन्तुलन पनि बढेको बताइन्छ । मुद्रास्फीति पनि दैनिक रूपमा चुलिँदै गएकोमा सरकार आलोचित बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published.

X