Skip to content
  • होमपेज
  • खेलकुद
  • जीवनशैली
  • प्रवास
  • मनोरन्जन
  • विजनेश
  • समाचार
  • सूचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • होमपेज
  • खेलकुद
  • जीवनशैली
  • प्रवास
  • मनोरन्जन
  • विजनेश
  • समाचार
  • सूचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
दोलखाको आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग

दोलखाको आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग

  • March 2, 2022
share
Facebook Twitter Youtube LinkedIn Whatsapp Cloud StumbleUpon
एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।
उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । उहाँले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ । राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो । –––

Share This Post:

Facebook Twitter Youtube LinkedIn Whatsapp Cloud StumbleUpon

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Post

top, समाचार

भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष

June 30, 2022
top, समाचार

साइबर अपराध भइरहेको आशंकामा चिनियाँ नागरिकद्वारा संचालित कम्पनीमा

June 30, 2022
शिक्षा, समाचार

सात सरकारी विद्यालयलाई स्कुल बस

March 3, 2022
राष्ट्रिय, समाचार

आगलागीबाट २० लाखको क्षति

February 25, 2022
राष्ट्रिय, समाचार

चीनियाँ कम्पनी ‘हुवावे’ का विषयमा विश्वब्यापी विवाद,चीनियाँ इन्जिनियरहरु

February 21, 2022
© 2022 khabarmate. All Rights Reserved
X