रुपन्देही कल सेन्टर प्रकरणः चिनियाँ ठगीको सञ्जाल देशभर फैलिँदै

रुपन्देही कल सेन्टर प्रकरणः चिनियाँ ठगीको सञ्जाल देशभर फैलिँदै

चिनियाँ दलालको लगानीमा नेपाली भूमि प्रयोग गरी भारतलगायत तेस्रो मुलुकका नागरिकलाई ठगी गर्ने देशव्यापी बन्न थालेको छ । रुपन्देही प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको ब्लू स्काई कल सेन्टरमा छापा मारेर सोही प्रकारको ठगीको दायरा फराकिलो भएको खुलासा भएको छ ।

पक्राउ परेकाहरु कल सेन्टरका लगानीकर्ता र सहजकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
भारतीय नागरिक ठगिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले आधार कार्ड, स्थायी खाता नम्बर र भारतीयको बैंक खाता नम्बर मागेर ठगी गरेको पाइयो ।

ठगीका लागि चिनियाँले बनाएको एपमार्फत ऋण लिन सकिने विज्ञापन गरिएको थियो । उक्त विज्ञापनमार्फत भारतीय नागरिक सो एपमार्फत कम्पनीको सम्पर्कमा आउने र चिनियाँ नागरिकमार्फत ऋण लिने गर्दथे ।एपमा आवेदन दिएपछि खाता नम्बर मागेर चिनियाँ नागरिकले खातामा पैसा पठाउने गरेको पाइएको छ ।

केन्द्रले भारतीय सर्वसाधारणलाई थोरै रकम ऋण दिने र तोकिएको अवधिभित्र फिर्ता नगरे पीडितको मोबाइल ह्याक गरी अश्लिल तस्विर/भिडियो पठाएर ब्ल्याकमेल गर्ने गरेको खुलासा भएको छ ।जसका लागि गिरोहले उनीहरुलाई ऋण दिनुअघि नै विकास गरेको व्हाट्सएप जस्ता एप डाउनलोड गराएको थियो ।

पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए । उनीहरुले प्रारम्भिक विज्ञप्तिमा यसको वास्तविक भुमिका चिनियाँ रहेको र केही नेपालीहरुसँगको सहकार्यमा यो व्यवसाय फैलिएको बताएका छन् । उनीहरुले केही पत्रकारहरुले पनि सहयोग गरिरहेको खुलासा गरेका छन् ।

यसअघि गत वर्ष पनि काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको सानोठिमीमा चिनियाँहरूले नेपालीको नाममा कम्पनी खोलेर भारतीयहरूलाई ठगी गरेको पाइएको थियो ।

उक्त घटनामा गत वर्ष फागुन ८ गते मध्यबानेश्वरबाट ३६ नेपालीसहित एक चिनियाँ नागरिक पक्राउ परेका थिए भने भोलिपल्ट फागुन ९ गते कल सेन्टर चलाएर ठगी गरेको आरोपमा सानोठिमीबाट चिनियाँ नागरिकसहित ८० नेपाली पक्राउ परेका थिए ।

 

Leave a Reply

Your email address will not be published.

X