धनगढीमाई नगरपालिकाको नवनिर्मित भवन उदघाटन, ५ कर्मचारीलाई उत्कृष्ट पुरस्कार

धनगढीमाई नगरपालिकाको नवनिर्मित भवन उदघाटन, ५ कर्मचारीलाई उत्कृष्ट पुरस्कार

सिरहाको धनगढीमाई नगरपालिकाले सातौं स्थापना दिवस २०७९ साल असोज १ गते धनगढीमाई नगरपालिकाको नव निर्मित प्रमुख प्रशासकीय भवन, धनगढीमाई नगरपालिका वडा नं.१०, श्यानमपुर, सिरहामा सम्पन्नन भएको छ ।उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख शिव शंकर महतोले गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व नगर प्रमुख, पूर्व नगर उप प्रमुख, वर्तमान वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, धनगढी स्थित विभिन्नप राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, धनगढीमाई नगरपालिका क्षेत्र भित्र रहेका बजार अध्यक्षहरु, धनगढी स्थित सरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, विभिन्नढ विधामा ख्याती प्राप्त व्यक्तिहरु, विभिन्नत गैर सरकारी संस्था प्रमुखहरु, बैंक तथा वित्तिय संस्था, सहकारी संस्थाका प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत लगाएत नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा धनगढीमाई नगरपालिकामा जन्मेर विभिन्न विधामा ख्यात्ती कमाएका धनगढी भित्र तथा वाहिर रहेका ११ जना व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।साथै आ.व.२०७९।०७९ मा नगरपालिकामा कार्यरत रहेका ५ जना उत्कृष्ट कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान तथा विभिन्नथ शाखा तथा फाँटमा प्रमुखको रुपमा कार्यरत कर्मचारी तथा १४ वटै वडाका वडा सचिवहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

X