साइत हेराएर रेखाको घरदैलो

साइत हेराएर रेखाको घरदैलो

मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा थापाले साइत जुराएर घरदैलो अभियान सुरु गरेकी छन् । राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थापा गत भदौयता कार्यकर्ता भेटघाट र मतदातासँग भेटघाट गरिरहेकी थिइन् ।

शुक्रबार भने ज्योतिषले भनेको साइत अनुसार बिहान ८ बजेर ५ मिनेटबाट घरदैलो सुरु गरेकी हुन् । ज्योतिषले चुनाव जित्ने बताएपछि उनले साइत अनुसार पथरीशनिश्चरे नगरपालिकामा रहेका सिवालयबाट घरदैलो सुरु गरेकी हुन् । उनले १५ दिनभित्र घरदैलो सक्ने योजना बनाएकी छन् । घरदैलोपछि थप कार्यक्रम लिएर जनतामाझ जाने उनको योजना छ ।

 

Leave a Reply

Your email address will not be published.

X