नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

वलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो ।

अबेर साझ संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान गराइएको थियो । प्रदेश समानुपातिक तर्फको मतदान हिजो रद्द गरी आजका लागि पुन: मतदान गर्ने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.

X