काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, दिनभर मौसम कस्तो रहला ?

काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, दिनभर मौसम कस्तो रहला ?

काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ ।

वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । ‘आज दिउँसो केहीबेर पानी पर्न रोकिए पनि राम्रोसँग घाम लाग्दैन, चिसो महसुस हुन्छ,’ वरिष्ठ मौसमविद पौडेलले अनलाइनखबरसँग भने ।

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो । यसका कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ ।

 

Leave a Reply

Your email address will not be published.

X